
पूर्णपुष्टि, जेष्ठ १३
गल्मीमा आफ्नै दाईको १० बर्षिया छोरी (भतिजि) लाई जवरजस्ती करणी गरेको आरोपमा १९ बर्षिय एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले आफ्नै भतिजीलाई लुकामारी खेल्ने भन्दै नजिकैको जंगलमा लगेर मंगलबार करणी गरेको खुलेको जनाएको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ का युवकलाई आफ्नै दाइको छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको पाण्डेले बताए ।
जबरजस्ती करणी गरेको कुरा कसैलाई भने मारिदिने धम्की दिएका कारण बालिकाले दुई दिनसम्म घटना लुकाएको र बिहीबार आमालाई भनेपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको बताएका छन् ।
घटना मंगलबार भएको भए पनि बालिकाकी आमाले दुई दिनपछि बिहीबारमात्रै प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपित युवकलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका युवकलाई सात दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ ।
बालिकाकी आमाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक सुवराज बमको नेतृत्वमा गएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको सूचना अधिकारी पाण्डेले जानकारी दिए ।
