Saturday, June 27News That Matters

आफ्नै श्रीमतीको हत्या गरी गहना लुटपाट गरेको पुष्टि

पूर्णपुष्टि, चैत्र ४

सोमबार साँझ बल्खुस्थित सकुम्बासी बस्तीमा बोरामा हालेर फालिएको अवस्थामा शव फेला पर्यो । त्यो शव बल्खु स्थित ३२ वर्षीया सन्तोषी श्रेष्ठको रहेको पक्ता लाग्यो । घटना पछि अनुसन्धानका लागि प्रहरीले सन्तोषीको श्रीमान सन्तोष सापकोटालाई पक्राउ गर्यो । प्रहरीको बयानमा सन्तोषले श्रीमतीको हत्यापछि गरगहना लुटपाट गरेको बयान दिए । श्रीमती सँगको सामान्य विवादमा हतौडाले हानी श्रीमतीको हत्या गरेको र गरगहना लुटपाट गरेको पाइएको छ ।

लागुऔषाध दुव्र्यसनी समेत रहेको सन्तोषलाई ‘हत्यापछि मृतकको हातको बाला, दुईवटा मुन्द्रा, २३ हजार रुपैयाँ नगद र आइफोन समेत लिएर भागेको अवस्थामा पक्राउ गरिएको प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले बताउनुभयो ।

अनुसन्धानबाट सन्तोषले कोठामा श्रीमतीको हत्या गरेपछि तन्नामा पोको पारेर बोरामा शव फ्यालेको पाइएको प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराले बताए । उनका अनुसार उनी सुत्ने घरमै हत्यामा प्रयोग भएको हतौडा, रगताम्ये सिरक, मृतकको जुत्ता, लागूऔषध डाइजेपामको फुटेको सिसा लगायत बरामद भएको छ । साँझ बल्खु स्थित रगतले लत्पतिएको बोरा देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान थालेको प्रहरीले शव सन्तोषीको भएको पत्ता लगाएको थियो ।