
पूर्णपुष्टि, असार १०
उदयपुरको त्रियुगा नगरपालिकाले आजबाट नगरगीत पाएको छ । उदयपुरको आठ वटा स्थानीय तह मध्ये त्रियुगा नगर सरकारले पहिलोपटक नगरगीत सार्बजनिक गरेको हो ।
नगरक्षेत्रको भुगोल, जनजीवन, जातजाती, धर्म–संस्कार, संस्कृतिलाई चित्रण गर्दै नगरगीत लेखिएको छ । कृषि, उद्यम, प्रकृति र सभ्यातालाई आकलन गरी लेखिएको छ । नगरगीतले नगरको अवस्थालाई जिबन्त बनाएको छ । नगरगीतको रचनाकार त्रियुगा नगरकै बासिन्दा खिलानाथ घिमिरे हुनुहुन्छ ।
प्रस्तुत छ त्रियुगा नगरगीत :
=====================
पहाडी पाखा चुरे र वन मैदान बगर
विविध जाति मिलेर बस्ने त्रियुगा नगर
कालिज, कोइली, मयुरले प्रकृति सुन्दर
साकेला, ल्योछार, बालन, हुर्रा, जितिया अपार
ज्ल र जंगल जमिनभरी अन्नपात उब्जाउँला
सिल्पीका हातले खिपेर कला उद्योग बडाउँला
स्वदेशमै हामी परिश्रम गर्छौं हटाइ विकृती
निर्माण गर्छौं त्रियुगा नगर सभ्या संस्कृति
=====================
याे पनि पढ्नुहाेस् :
उदयपुरको त्रियुगा नगरपालिकाले पहिलोपटक नगरगीत सार्बजनिक गरेको छ । पाँचौ नगर सभाको अवसरमा आज नगर गीत पनि सार्बजनिक भएको हो ।
नगरको भाव बोकेको गीत सार्बजनिक भएसंगै उक्त नगरगीतका लेखकलाई पनि सम्मान गरिएको छ । नगरगीतको रचनाकार खिलानाथ घिमिरे हुन् । वहाँलाई ५१ हजार १ सय ११ रुपैया नगद पुरस्कारसहित सम्मान गरिएको हो । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले कदरपत्र प्रदान गर्नुभयो । उपमेयर देवीकुमारी चौधरीले चेक हस्तान्तरण गनुभयो भने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले दोसल्ला र टोपी ओढाइ सम्मान गर्नुभयो । रचनाकार घिमिरे त्रियुगा नगरपालिकाबासी नै हुनुहुन्छ । ६२ वर्षिय घिमिरे वडा नं। १० बोक्सेका हुनुहुन्छ । नगरगीतलाई सम्मानका साथ नगरसभाको ब्यानर र राष्ट्रिय गीतको ब्यानरसंगै राखिएको थियो ।
नगरपालिकाले २०७४ सालतिरै नगर गीत लेखनका लागि खुल्ला आव्हान गरेको थियो । घिमिरेले पनि रचना गरेर पेश गर्नुभएको थियो । रचना पेश गर्नुपर्ने अन्तिम दिन २०७४ चैत २८ गते नै रचना गरी बुझाउनु भएको थियो । करिब एक घण्टाको रचनापछि तयार भएको नगरगीत गतवर्षको नगर परिषद्ले पास गरेको थियो ।
आप्mनो रचनाको नगरगीत छनौटमा परी आज सार्वजनिक हुदाको खुसी व्यक्त गर्न नसकेको उहाँले बताउनुभयो । हर्षित मुद्रामा उहाँले नगरको लागि आफुले केही गर्न सकेको आभाष भएको बताउनुभयो ।
उदयपुर साहित्य परिषद्को संस्थापक सचिव रहनुभएका घिमिरे शारीरिक अपांग संघ उदयपुरको अध्यक्ष, तथा जेष्ठ नागरिक जिल्ला संघ उदयपुरको अध्यक्ष हुनुहुन्छ । उहाँको नगरगीत लोकलयमा लेखिएको छ ।
