Wednesday, April 22News That Matters

आयोजक साकेला युवा समुह ‘बि’ स्व.दिपक राई दोर्पाली स्मृती फुटबल प्रतियोगिताको फाईनलमा

पूर्णपुष्टि, बैशाख २६ । स्व. दिपक राई (दोर्पाली) फुटबल प्रतियोगिताको फाईनलमा आयोजक साकेला युवा समुह ‘बि’ पुगेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक समुह साकेला ‘बि’ ले भचुवा फुटबल क्लब रामपुरलाई ५–२ गोल अन्तरले हराएको हो ।

आयोजक समुहको लागी जर्सि नं १० का दिवस श्रेष्ठले २ गोल गरे भने जर्सि नं ५ का युवराज थापा, जर्सि नं ६ का प्रविन राई र जर्सि नं १२ का सन्जे गुरुङले समान १–१ गोल गरे । त्यस्तै भचुवा फुटबल क्लब रामपुरका लागी जर्सि नं १२ का इश्वर माझी र जर्सि नं ९ का सरोज श्रेष्ठले गोल गरे । यस प्रतियोगिताको म्यान अफ द म्याच आयोजक समुहका जर्सि नं ४ का अनुराग चौधरी बनेका छन् । भोली (बिहिबार) देउराली फुटबल क्लब सिसुवारी र फ्युजन क्लब बोक्सेबिच दोस्रो सेमिफाईनल खेल हुनेछ । यस प्रतियोगिताको फाईनल खेल दोस्रो सेमिफाईनल विजेता टोली र आयोजक समुह ‘बि’ बिच शनिबार हुनेछ ।