Thursday, June 18News That Matters

‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा, छनोटका च्यानललाई मात्र शुल्क तिरे पुग्ने

पूर्णपुष्टि,चैत्र २५ । बिगत लामो समयदेखि स्वदेशी टलिभिजन च्यानल वितरकहरुले माग राख्दै आएको ‘आला कार्ट’ प्रणली कार्यान्वयनमा आएको छ । शुक्रबार एक सार्वजिनका सूचना जारी गर्दै संञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रणली सुरु भएको जानकारी दिएको हो ।

टेलिभिजन शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अबदेखि यस्ता संस्थाले टेलिभिजन च्यानलहरूको न्यूनतम शुल्कबापत मासिक करसहित २५० रुपियाँ मात्र लिन पाउनेछन् ।

यो रकममा स्वदेशी तथा विदेशी ‘फ्री टु एयर’ च्यानल उपभोक्तालाई देखाउनुपर्नेछ । सशुल्क च्यानलहरूको हकमा भने अलग अलग रूपमा वा च्यानलहरूको बुकेका आधारमा मात्रै उपभोक्ताबाट शुल्क लिन पाइने व्यवस्था यो प्रणालीले गरेको छ ।

“अब ग्राहकले आफ्नो रुचिअनुसारका च्यानल छनोट गरेर त्यो हेरेबापतको मात्र शुल्क तिर्न सक्छन्,” सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने । मन्त्रालयले प्रत्येक बुकेको अधिकतम मूल्य करसहित ४० रुपियाँभन्दा बढी लिन नपाइने जनाएको छ । बुके भन्नाले टेलिभिजन च्यानलहरू प्याकेज हो, जहाँ च्यानलहरूलाई उनीहरूले प्रस्तुत गर्ने सामग्रीका आधारमा समाचार, खेलकुद, घुमघामजस्ता विधामा एकै ठाउँ राखिएको हुन्छ ।