Thursday, June 25News That Matters

इँटाले किचेर एक महिला कामदारको मृत्यु

पूर्णपुष्टि, माघ ९
झापामा इँटाले किचेर एक जना महिला कामदारको ज्यान गएको छ । जिल्लाको कचनकवल गाउँपालिका– ५ स्थित स्टार इँटा उद्योगमा कार्यरत भारत पश्चित बङ्गालकी ३५ वर्षीया अमिना खातुन ज्यान गएको हो ।
ती भारतीय महिला कामदारलाई शनिवार दिउँसो चिम्नी लिप्ने क्रममा इँटा र माटोले किचेको थियोे । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मेची प्रादेशिक अस्पताल भद्रपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।