Friday, May 8News That Matters

इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडको जित

कात्तिक ५ गते । 

इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडले आर्सनललाईपछि पार्दै जित हात पारेको छ । गतराती भएको खेलमा आर्सनललाई सेफिल्डले ०–१ गोललेपछि पार्दै जित हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा सेफिल्डको मोउसेटले ३० औँ मिनटमा एक गोल गर्दै जित हात पारेको थियो । त्यस्तै आर्सनलले तीन वटा उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन ।

प्रिमियर लिगमा बढुवा भएपछि सर्वा्धिक ठूलो जित निकालेको सेफिल्डले रेलिगेसन जोनबाट चार अंकको दूरी बनाएको छ । यस हारले आर्सनललाई शीर्ष चार स्थानमा पुग्ने सुनौलो अवसर गुमेको हो ।