
पूर्णपुष्टि, चैत २९ गते ।
इटली सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री जिसेप कोन्टेले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेकोे हो ।
पहिलो पटक गत फागुन २६ गतेसम्मका लागि गरिएको लकडाउन त्यसपछि पटकपटक थप गर्दै आगामी वैशाख २१ गतेसम्म पु¥याइएको हो ।
लकडाउनका कारण इटालीमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्यामा केहि कमी आएको भन्दै लकडाउनको समय बढाउने निर्णय गरिएको जनाईएको छ ।
