
पूर्णपुष्टि, जेष्ठ २७
ईटहरी रंगशालामा सुरु भएको प्रदेश नं १ जिल्ला स्तरी फुटवल प्रतियोगिताको उद्घाटन खेलमा उदयपुरले जित सुरुवात गरेको छ । बिहीबारदेखि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा फ्युजन एफसी, उदयपुरले विजयी शुरुवात गरेको हो । उद्घाटन खेलमा फ्युजनले राइजिङ स्टार स्र्पोटिङ क्लब, पाँचथरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात निकालेको हो ।
फ्युजनको तर्फबाट खेलको तेस्रो मिनट मै प्रविन राईले पहिलो गोल गरेक थिए । त्यस्तै खेलको अन्तिमतिर ८१ औं मिनटमा सुदिप श्रेष्ठले दोस्रो गोल थप्दै टोलीको जित पक्का गरे । खेलमा फ्युजनका प्रविन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २१ सय र मेडल हात पारे । प्रतियोगिता अन्तरगत जेठ २७ गते शुक्रबार दुई खेलहरु हुने छन् । पहिलो खेलमा कोदार एफसी, भोजपुर र देउराली एफसी, धनकुटा भिड्ने छन् भने दोस्रो खेलमा बाक्सिला एफसी, खोटाङ र मानभरा स्र्पोटिङ क्लब, ताप्लेजुङ आमने सामने हुने आयोजकले जानकारी दियो ।
