Tuesday, June 2News That Matters

इटालीमा कोरोना सङ्क्रमण पुनः फैलिदै

पूर्णपुष्टि, कात्तिक ३

इटालीमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमण बढ्न थालेपछि इटाली सरकारले लकडाउनको विकल्पको खोजी गर्दै नयाँ प्रतिबन्धात्मक नियमहरु घोषणा गरेको छ ।
प्रधानमन्त्री जुसेपे कोन्तेले फेरि लकडाउनको अवस्था आउन नदिनका लागि प्रतिबन्धात्मक उपायहरु लागू गर्नु परेको बताउनुभएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।

स्कुलका माथिल्लो कक्षाका विद्यार्थीहरुको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउने जनाईएको छ । बार तथा रेस्टुरेन्टहरु मध्यरातमा बन्द गर्नुपर्ने र बढीमा एक समूहमा ६ जना जम्मा हुन पाउने तथा स्थानीय सभा सम्मेलन गर्न नपाइने भएको छ ।

इटालीमा पछिल्ला दिनहरुमा लगातार सङ्क्रमितको संख्या बढ्दै गएको छ । हिजो एकै दिन ११ हजार ७ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको छ ।