
पूणर्पुष्टि, मंसिर ११
एसियन पेन्समा हेटौँडामा कार्यरत त्रियुगा नगरपालिका वडा नं १६ का इन्जिनियर दिपक रानामगरले आफ्नो व्यक्तिगत लगानीमा सडक सफाई गराएको छ । १६ नं वडाको बेल्दोवान देखि फोक्सिन्टार सम्मको सडक सफाईमा रानाले आफ्नो व्यक्तिगत लगानी गरेका छन् । आफ्नो गाउँ आफै बनाउ अभियान अन्तर्गत रानाले पहिले पनि गाउँठाउँका लागि थुप्रै सामाजिक सहयोग र आर्थिक विकास तथा पर्यटन विकासमा समेत टेवा पुराउने कुरोमा व्यक्तिगत जोड गर्दै आएका थिए ।
बर्खामासमा पानीले असर पारेको बाटोलाई सरकारको मुख नताकी आफ्नै व्यक्तिगत लगानी गरी रानाले बाटो सफाई गराएको हो । अहिले बाटो सफा भएपछि त्यहाँका स्थानीयहरुलाई आवत जावतमा अति सुविधा मिलेको स्थानीय हेमराज समाल मगरले बताए ।
सडक भएपनि ठाउँठाउँमा पहिरो र माटोका कारण गाउँसम्म सवारी आवत जावतमा समस्या पुग्ने समस्या रहेको थियो । अहिले बाटो बनेपछि गाउँमा सवारी र खाद्यन्नका लागि सहज भएको मगरले बताए ।
सडक सफाई भएसँगै पर्यटन विकासमा समेत जोड पुगेको छ । १६ नं वडाका पर्यटन तथा धार्मिक स्थलको रुपमा परिचित माहादेव झरना र माहादेव थानमा आवत जावतका लागि पनि सुविधा मिलेको छ । सडक राम्रो नभएको अवस्थामा महादेव झर्ना र माहादेव थानमा पर्यटनहरु कष्टकरमा हिडेर जाने गरेको स्थानीयहरुले बताए ।

बिगत लामो समयदेखि हेटौडामा एसियन पेन्ट्स मा कार्यरत इन्जिनियर रानाले गाउँका लागि थुप्रै सहयोगहरु पहिले पनि गर्दै आएको स्थानीयहरु बताउँछन् ।
यस १६ नं वडाको फोक्सीन्टारमा पहिले देखिनै युवाहरु सक्रिय समूह रहेको छ । केशव रानाको संयोजकमा रहेको समूहले सामाजिक कार्यमा पहिले देखि नै गाउँमा आवश्यक सरसहयोग गर्दै आएका छन्, ।
सामाजिक सहयोग अन्तर्गत गाउँमा महिला, दुखि गरिब र बिरामीहरुको लागि बिषेश सहयोग गर्दै आएको समूहका संयोजक केशव रानले बताए । रानाले अझ आउने दिनहरुमा गाउँविकासका लागि समूहमा रहेर पार्दशी र आफ्नो सक्रियाता बढाउने बताए ।
त्यसैगरी फोक्सीन्टारका स्थानीयहरुलाई खाद्यन्न कुटनपिसनमा समेत टेवा पुराउने काम भएको छ । घण्टौ लगाएर धान, मकै, कोदो, लगाएतका खाद्यन्न कुटाउनु अन्य ठाउँ पुराउनु पर्ने समस्या हल भएको छ । इन्जीनियर दिपक राना र स्थानीय केशव रानाको पहलमा स्थानीयहरुलाई कम्वाइनड मिल समेत उपलब्ध गराएको छ ।
दिपक राना मगरको छोरी दित्या राना मगर र केशव रानाको छोरा एरिक राना मगरको पस्नीको अबसर पारेर उक्त मिल सहयोग गरेको हो । गाउँमै मिल भएपछि स्थानीयहरुमा थप खुसी थपिएको छ । समयको सदुपयोग साथै खर्चमा पनि हल भएको छ ।
