
पूर्णपुष्टि, असार ३१ । अमेरिकी क्लब इन्टर मियामीले अर्जेन्टाइन स्टार लिओनल मेसीलाई आधिकारीक रुपमा अनुबन्ध गरेको छ । ३६ बर्षीय विश्व विजेता मेसीले शनिबार २०२५ सम्मका लागी मियामीको सम्झौता हस्ताक्षर गरेका हुन ।
२०२१ मा स्पेनिस क्लब बार्सिलानाबाट फ्रेन्च क्लब पिएसजी पुगेका मेसीले गत सिजन पिएसजी छाडेका हुन् । मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘ अमेरिकामा इन्टर मियीसँग आफ्नो खेल जीवनको नयाँ सुरुआतका लागि म निकै उत्साहित छु ‘उनले भने’ यो उत्कृष्ट अवसर हो र हामी सबै मिलेर यसलाई राम्रो प्रोजेक्ट बनाउनुपर्छ ।’
मेसीले पहिलो पटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् । मेसीले यहि जुलाई २१ मा क्रुज अजुल विरुद्ध मियामीका लागी डेब्यु खेल खेल्ने भएका छन् । इन्टर मियामीको ओर डेभिड बेकहमले मेसी अनुबन्ध पछि सपना पूरा भएको बताएका छन् ।
गत बर्ष अर्जेन्टिनालाई तेस्रो विश्वकपको उपाधि जिताएका मेसिले किर्तिमानी सात पटक बालोन डि ओर आर्वाड जितेका छन् । मेसीले पिएसजीका लागी ७५ खेलमा ३२ गोल गरेका छन् भने बार्सिलोनाका लागि ६७२ गोल गरेका छन् । उनले बार्सीलोनाको लागी १० ला लिगा, चार च्याम्पियन्स लिग तथा सात स्पानिस कपको उपाधि जितेका छन् ।
