Sunday, May 17News That Matters

इलाममा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु

पूर्णपुष्टि, जेष्ठ २६

इलाममा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । इलामको सन्दकपुर गाउँपालिका–१ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा मंगलबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई रहेका छन् । दुवैले गत शनिबार इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो ।

वीरमान र उनकी पत्नी विष्णुकुमारीलाई समेत विषालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उनीहरु घर फर्किसकेको प्रहरीले जनाएको छ ।