
माघ १८ गते ।
युरोपेली संघ (ईयू)बाट बेलायत औपचारिक रुपमा निस्केको छ । ईयूसँगको ४७ वर्षे आवद्धता बेलायतले शनिबार बिहानदेखि तोड्दै बाहिरिएको हो ।
देशमा अव नयाँ विहानी आउने बेलायतका प्रधानमन्त्रि बोरिस जोन्सले भिडियो सन्देशमार्फत बताएका छन् । अव एक ढिक्का बनाएर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएको छ ।
ईयूबाट बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ । ईयूको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै रहने भएकाले खासै ठूला परिवर्तन भने तत्कालै नदेखिने संचारमाध्यमहरुले जनाएको छ ।
ईयूमा रहने र नरहने डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोनसनले संसदमार्फत सम्झौता गर्न सफल हुनुभएको थियो ।
जनमतङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो । सुरूमा ब्रेक्जिट मार्च २९ का लागि तय गरिएको थियो । तर ईयू र पूर्वप्रधानमन्त्री टरिजा मेबीच भएको सम्झौतालाई सांसदहरूले अस्वीकार गरेपछि पछाडि धकेलिएको थियो ।
