
पूर्णपुष्टि,चैत्र १३ । उदयपुरको ताप्ली गाउँपालिकामा “उज्यालो ताप्ली” अभियान अन्तगरग दोस्रो चरणको लागि २ हजार १ सय विजुली पोल पालिकामा आउँने भएको छ । गाउँपालिकामा राष्ट्रिय प्रशारण लाईनको बिद्युत विस्तारको काम तिव्र रुपमा अघि बढाईएको हो ।
उक्त अभियान अन्तगरगत पालिकाको ५ वटै वडाका बस्तीहरुमा बिद्युत विस्तारको काम अघि बढाईएको गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार यहि साता भित्र २१ सय विजुलीको पोल गाउँपालिकामा पुग्ने भएको हो ।
बिद्युतिकरणले ताप्लीको बिकास र सम्बृद्धिमा टेवा पुग्ने स्थानीयहरुको बझाई छ । बत्ति बाल्नका लागी मात्र नभई साना तथा ठुला उद्योग स्थापना गरि ताप्लीलाई आर्थिक सम्बृद्धिको अभियानसंग जोड्न सकिने भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् ।
२०७८ माघ १८ गते औपचारिक रुपमा राष्ट्रिय प्रशारण लाईनको उद्घाटन भएको ताप्लीमा हालसम्म ५ सय घरधुरीले बिद्युत सेवा उपभोग गरिरहेका छन् ।
