Wednesday, May 6News That Matters

उत्कृष्ट व्यवसायीहरुलाई नेशनलको सम्मान

गाईघाट/भदौ २१

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उदयपुर शाखाले उत्कृष्ट बिमा व्यवसायीहरुलाई सम्मान गरेको छ । शनिवार गाईघाटको होटल कोहबरमा थप प्रोत्साहनका साथ उनिहरुलाई सम्मान गरेको हो ।

ब्यवसायीक रुपमा लागिपरेको व्यवसायीहरुको कामको उच्च मुल्याङकन गर्दै आगामी समयमा समेत विमा प्रति सबैलाई सकरात्मक बनाउन सक्ने उदेश्यले सम्मानको कार्यक्रम गरेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको शाखा प्रमुख प्रेम कुमार राईले बताए ।

केन्द्रले पठाएको कार्यक्रम सँगै शाखाले पनि उत्कृृष्ट व्यवसायीहरुलाई सम्मान कर्यक्रम राखेको हो । केन्द्रको कार्यक्रम अनुसार आर्थिक बर्ष २०७५/०७६ को उत्कृष्ट व्यवसायीहरुलाई सम्मान तथा तलब वितरण रहेको थियो भने शाखाले पनि असार सम्मका उत्कृष्ट व्यवसायीहरुलाई सम्मान गरेको थियो ।

प्रमुख राईले उत्कृष्ट सबैलाई चाँदिको मेडल सहितको मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो । सम्मान पश्चात व्यवसायीहरु थप उत्साही बनेको छ । नेपालको सबै भन्दा पुरानो र भरपर्दो कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीमा व्यवसायी बन्नु नै आफ्नो सफल व्यवसायी रहेको यस बर्षको उत्कृष्ट व्यवसायी श्याम चन्द्र राईले बताए ।

कम्पनीले यो बर्ष देखी ग्राहाकहरुलाई थप सेवा सुविधा सहितको विमा योजना पनि तयार गरेको छ । संन्जिवनी अमृत आवधिक जीवन बीमालेख यस कम्पनीको पहिलो र नयाँ योजना रहेको राईले बताए । यसको बारेमा जानकारी गराउँदै राईले अन्य बीमा योजनाको दाजोमा यो निकै उपलब्धीमुलक रहेको समेत दाबी गरेको छ ।

राईका अनुसार यस संन्जिवनी बीमालेखमा कम शुल्कमै अधिकतम जोखिम बहन हुने व्यवस्था गरिएको जानकारी गराएको छ । न्युनतम २ लाख मै बिमा गर्न सकिने यस बीमालेखमा प्रवेश उमेर अधिकतम १२ बर्ष देखि ५६ बर्ष सम्म रहेको छ । कम्पनीले यो बर्षको लागि नयाँ प्याकेजको बारेमा पनि जानकारी गराएको छ । यस बर्ष पनि बिभिन्न योजनाहरु सहित कम्पनी कार्य थालनी गरेको बताए । यो बर्ष गाईघाटबाट उत्कृष्ट व्यवसायी श्याम्चन्द्र राई भएका छन् भने क्रमश  खेश बहादुर ज्यु ठकुरी कान्ता शाही, पुरुषोत्तम राजधामी र शुशिला राजधामी टप फाइभमा रहेका छन् ।