Saturday, April 25News That Matters

उत्पादन भएपनि ब्यवस्थित बजारको अभाव छ : उपसभामुख दनुवार

पूर्णपुष्टि, १२ बैशाख ।
कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले उत्पादन बढेपनि बजारको समस्या रहेको जनाएको छ । पछिल्लो समय स्थानीय उत्पादन बढ्दा पनि बजार अभाववले कृषकहरु चिन्तित रहेको दनुवारले जनाईन् । बुधबारदेखी सुरु भएको प्रदेश स्तरीय बृहत औद्योगिक महोत्सव तथा रैथाने खाना प्रदर्शनीमा बोल्दै दनुवारले यस्तो बताएकी हुन् । दनुवारले हरेक घरमा आफुले खानको लागि उत्पादन आफै गर्न थालेको र आम्दानीको लागि समेत उत्पादन बढाई रहँदा बजार अभाव देखिएको जनाईन् ।

बाहिरबाट आएको उत्पादन स्थानीय स्तरमा बिक्रि भैरहँदा आफ्नै स्थानमा उत्पाति वस्तु बिक्रि हुन गह्रो भएको उनको भनाई छ । उनले यस्तो समस्या हल गर्न प्रदेश तथा स्थानीय सरकार लागि पर्नु पर्ने जनाईन् । यसको बारेमा सबै क्षेत्रहरु आपसी छलफल गरेर समस्याका समधानमा अघि बढ्नु पर्ने उनको भनाई छ । यस महात्सवले उद्योगी तथा कृषकहरुको उत्पादित बस्तुको बजार समस्यालाई समधान गर्न भुमिका खेल्ने जनाईन् ।