
पूर्णपुष्टि, फागन १३
उदयपुरमा ‘प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २०७७’ हुने भएको छ । जिल्लामै पहिलो पटक यहि फागुन २१ गतेदेखि २९ गतेसम्म प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २०७७ हुने भएको हो ।
“खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियन” भन्ने मुल नाराको साथ त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा सम्बन्धित प्रतियोगीताका संघको समन्वय तथा सहयोग र त्रियुगा नगरपालिकाको संयोजनमा महोत्सवको आयोजना गरिएको छ । उक्त महोत्सवको विहिबार पत्रकार सम्मेलन गर्दै सार्वजकिन गरेको हो ।
नगरभित्र रहेको १६ वटै वडाबाट दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम त्रियुगा नगर खेलकुद महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । खेलकुद महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, साईक्लिङ, कराते, बक्सिङ र तेक्वोन्दो प्रतियोगीता हुने त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको कार्यालय सचिव उदय राईले बताउनुभयो ।
थरुहट रङ्गशालामा भब्यताकासाथ महोत्सवको उत्घाटन र समापन हुने जनाईएको छ । फुटबल प्रतियोगीता सोही रङ्गशालामा हुनेछ भने भलिबल त्रियुगा नगरपालिका–१० बोक्से नयाँबस्ती मैदानमा, क्रिकेट पूर्व पश्चिम पसपार्क छेउ, साईक्लिङ त्रिनपा–११ चप्पन जंगल ट्रयाक र कराते, बक्सिङ र तेक्वोन्दो प्रतियोगीता कबर्डहलमा हुने सचिव राईले बताउनुभयो ।
महोत्सवमा खेलाडीमात्रै करिब ८ सय सहभागी हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगीतामा प्रथम, द्धितिय र उत्कृष्ट हुने खेलाडीलाई नगद, शिल्ड, ट्रफी र प्रमाण पत्रका साथ सम्मान गरिने आयोजकले जनाएको छ ।
