पूर्णपुष्टि, मंसिर ९ गते
उदयपुर क्षेत्र नं. १ क मा गठबन्धनका उम्मेदवार राजन किराती “वासु” निर्वाचित भएका छन् । उनले एमालेका कुशलबाबु बस्नेतलाई पराजित गरेका छन् ।
राजन किरातीले १५०९२ मत प्राप्त गर्दा एमालेका कुशलबाबु बस्नेतले १३८४९ मत प्राप्त गरेका छन् । राजन किराती विजयी भएको औपचारिक घोषणा हुन बाकीँ छ ।
