Tuesday, May 12News That Matters

उदयपुर – खोटाङ जोड्ने फोक्सिन्टारको बेलिवृज निकालियो, यात्रु र स्थानीयलाई सास्ती

पूर्णपुष्टि, जेष्ठ १९
बर्षेनी बर्खा लागेसी निकाल्नु पर्ने बेलिबृजका कारण यात्रु तथा स्थानीयहरुमा असहज भएको छ । दिगो पुलको व्यवस्था नहुँदा उदयपुर र खोटाङ गर्ने यात्रु र त्यस आसपासका स्थानीयलाई बर्खामा सँधै असहजता हुन्छ । यदि मात्रै नभई त्यहाँ दिगो पुल निर्माण गर्न नसक्दा बर्षेनी सरकारको ठुलो रकम समेत क्षती पुग्ने गरेको छ ।

खोटाङ छिर्न उदयपुरको नाका हुँदै बिभिन्न ठाउँ धरान, विराटनगर, इटहरी, झपा र उदयपुरको घाईघाट लगायत ठाउँबाट यात्रुहरुको घुईँचो लाग्ने गर्छन् । खोटाङ सदरमुकाम दिक्तेललाई छोटो दूरीबाट तराईसँग जोड्न करिब २८ वर्षयता निर्माण भइरहेको सगरमाथा राजमार्गको दुवैतर्फ (उदयुर र खोटाङ) ट्र्याक खुले पनि बीचमा पर्ने सुनकोसी नदीमा पक्की पुल निर्माण हुन सकेको छैन ।

पुल निर्माणमा ढिलाइ हुँदा बर्सेनि लाखौं रुपैयाँ खर्चेर बेलिब्रिज जडान गरिँदै आएको छ । २०७२ यता हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्षात्को सुरुसँगै निकाल्ने गरिन्छ । खोल्न र निकाल्नमा मात्रै ७ वर्षमा (अहिलेसम्म) ५ करोड २७ लाख रुपैयाँ खर्च भइसकेको गाईघाट दिक्तेल सडक योजना कार्यालयले जनाएको छ ।
हिउँदमा मात्र सहज हुने बेलिबृज बर्खा लाग्न नपाउँदै निकाल्नु पर्ने हुन्छ । सुनकोसीमा पानीको बहाव बढ्ने बित्तिकै पुल निकाल्नु पर्ने अवस्था आउने स्थानीयहरु बताउँछन् । दिगो पुलको अव्यवस्थाले सवारीहरु पनि बिचल्लीत हुने गरेको अवस्था छ । छोटो दुरी रहेको सो सडक प्रयोग गर्न नपाउँदा धेरै यात्रुहरु लामो बाटो र धेरै भाडा तिरेर कटारीको बाटोलाई समेत रोज्नु पर्ने अवस्था आउने गरेको छ ।

बिचमा पुल टुट्दा गाडीहरु वारीको वारी पारीको पारी हुने गर्छ । डाईरेक्ट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरु आधाबाटोमा अलपत्र पर्ने गरेको छ । यसलाई व्यवस्थीत गर्न उदयपुरबाट आदि बाटो सम्म वसले छाड्ने र फेरी कोसी पारी बाट आर्को गाडीले यात्रुहरु ओसार पसार गर्नु पर्ने अवस्था आएको छ । सँधै गाईघाट देखी आफ्नै गन्तव्यमा पुग्ने भएपनि पुल झिकेपछि बिभिन्न झन्जट सहित गन्तव्य पार गर्नु पर्ने यात्रुहरु बताउँछन् ।

करिब २५ टन भार वहन क्षमताको दुवैतर्फ एप्रोच रोडसहितको बेलिब्रिज जडान गरिएको गाईघाट दिक्तेल सडक योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए । फोक्सिङटारमा पक्की पुल निर्माण कार्य भइरहेको छ । तर समयमै सम्पन्न नहुँदा बेलिब्रिजमा बर्सेनि लाखौं रुपैयाँ खर्च गर्नुपरेको रौतामाई–५ का वडाध्यक्ष पाण्डव राइर्ले बताउँदै आएका छन् । ‘फोक्सिङ्टारमा दुई वर्षअघि नै पक्की पुल निर्माण भइसक्नुपर्ने हो,’ पुनः निर्वाचित वडाध्यक्ष राईले भने, ‘तर निर्माण कम्पनीको लापरबाही र डिजाइनमा भएको गडबडीले ढिलाइ भएको हो ।’ पछिल्लो समय भने पुल निर्माणले तीव्रता पाएको उनले बताए ।