
उदयपुर, फागुन ४ गते ।
नेपाल वार एसोसियसन उदयपुरको नेतृत्व श्यामानन्द चौधरी पाएको छ । शुक्रबार भएको वार एसोसियसन उदयपुरको २५ औ साधरण सभा तथा १५ अधिवेशनबाट चौधरीले नयाँ नेतृत्व पाएको हो ।
अधिवेशनले सहमतीबाट नयाँ कार्यसमिति चयन गर्न नसकेपछि निर्वाचनद्धारा ९ कार्य समिति चयन गरेको हो । नयाँ कर्यासमितिसँगै ३ जना केन्द्रीय पार्षद पनि निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा नीरबहादुर राई २९ मत, कमलबहादुर कार्की ३० मत, पुष्पराज चौधरी ३२ मत ल्याएर विजयी भएको थियो भने सदस्यहरुमा सुमित्रा कोईराला ३२ मत, दुर्गाकृष्ण पोखरेल ३८ मत, ईन्द्रनारायण श्रेष्ठ ३३ मत, कृष्णबहादुर खत्री ३१ मत र कृष्णकुमार रेग्मीले ३२ मत ल्याएर विजयी भएको थियो । त्यस्तै बैकुण्ठ दाहाल ३१ मत, दिलबहादुर बस्नेत ३५ मत र नमस अधिकारीले ३४ मत ल्याएर केन्द्रीय पार्षद बन्नेको अधिवक्ता हिमाल खड्काले बताए ।
बार एसोसियनका नव निर्वाचित अध्यक्ष चौधरीको यो दोस्रो कार्यकाल हो । ६१ जना भोटर रहेको वार एसोसियसनमा ५१ मत खसेकोमा श्यामानन्द चौधरीले २९ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्दी लक्ष्मी कुमारी चौधरीले १८ मत ल्याउन सफल भईन ।
