
पूर्णपुष्टि,वैशाख २५ । पोखरामा उदयपुरका एक युवक मृत फेला परेका छन् । पोखराको बेगनास तालको किनारामा उदयपुर घर भएका ३१ बर्षीय अनुप भण्डारी मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले सोमबार बिहान साढे ८ बजेको समयमा बेगनास तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेको जानकारी दिए । उनका अनुसार भण्डारी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत नायब सुब्बा हुन् । उनको मृत्युको कारण खुलीनसकेको र यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
