Saturday, June 20News That Matters

उदयपुरका एसपी रमेश थापाको सरुवा

पूर्णपुष्टि, ६ साउन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाको सरुवा भएको छ । थापाको काठमाण्डौँ हेटक्वाटरमै सरुवा भएको हो । थापाले जिल्लामा प्रहरी नेतृत्वको भुमिकालाई सकरात्मक सन्देश दिएर सरुवा भएको छ । थापाले एक बर्षको अबधिमा जिल्लामा सुरक्षालाई प्रभावकारी बनाएको ठम्याई छ ।

एसपी थापाले यो सँगै जिल्लाको सबै भन्दा समस्याको रुपमा रहेको लागु औषाधलाई न्युनिकरणमा भुलो भुमिका खेलेको छ । यो सँगै अन्य बिभिन्न अपराध सडक दुर्घटना, महिला हिंसा, लैँगिक हिंसा जस्ता महत्वपूर्ण क्षेत्रमा पनि महत्वपूर्ण काम गरेको हो । थापको ठाउँमा हरिहरनाथ योगीको आगमन हुने भएको छ । एसपी थापालाई उदयपुरका संञ्चार क्षेत्रलेपनि सकरात्मक काम गरेको प्रति खुसी ब्यक्त गरेको छ । पूर्णपुष्टि मिडियाले थापालाई कदर पत्र सहित सँधै जनताको सेवामा उदयपुर जिल्लामा भैm तत्पर भएर लाग्न शुभकामना दिए ।