
पूर्णपुष्टि,जेष्ठ २६ । प्रदेश स्तरिय दोस्रो मिस्टर कञ्चनजंगा बडिविल्डिङ च्याम्पियनसिप प्रतियोगिताको उपाधी उदयपुर गाईघाटका दिलिप चौधरीले हात पारेका छन् । शुक्रवार झापाको विर्तामोड साईसिटि सेन्टरमा सम्पन्न प्रतियोगितामा ६५ केजी माथीको तौल समूहको च्याम्पियन बनेका दिलिपले ओभरहलमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन्।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनलमा चौधरीले क्रमस ५५,६०,६५,७० र ७५ केजी गरी ५ समूहका बिजेतालाई पछि पादै मिस्टर दोस्रो मिस्टर कञ्चनजंघाको ट्रफि हात परेका हुने ।
चौधरीले प्रतियोगितामा उपाधीको ट्रफिसँगै नगद रु, ३ लाख ११ हजार १ सय १ रुपौया प्राप्त गरे । त्यस्तै द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५० हजार रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौँ पुरस्कार ७५ हजार रुपैयाँ रहेको थियो । साथै, हरेक तौल समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ, मेडल तथा ट्रफी प्रदान गरेको आयोजनकले जनाएको छ ।

प्रतियोगितामा प्रदेश भरीका विभिन्न तौल समूहमा २० जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । विजेतालाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले पुरस्कार प्रदान गरेका थिए ।
