Wednesday, August 5News That Matters

उदयपुरका पत्रकार पक्राउको विरोध

पूर्णपुष्टि, मंसिर ११ गते ।
निगरानी पोष्टका प्रकाशक तथा रेडियो नेपाल उदयपुरका संम्बादाता गजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार महासंघ प्रदेश नं. १, पत्रकार महासंघ उदयपुर शाखा, आदिवाशी जनजाती महासंघ, नेपाल फोटो पत्रकार महासंघ उदयपुरले विरोध जनाएका छन् ।

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितीका महासचिव विवेक गौतमले विज्ञप्ती जारी गर्दै “अनलाईनमा लेखेको समाचारको बिषयमा साईबर क्राईमको मुद्धा दायर गरी पक्राउ गिरिएको” प्रति खेद व्यक्त गर्दै पक्राउ परेका पत्रकार गजेन्द्र राईलाई रिहाई गर्न माग गरेको छ ।यस्तै नेपाल पत्रकार महासंघ उदयपुर शाखाले विज्ञप्ती जारी गरी “राज्यले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको हकलाई कुण्ठित गर्दै पत्रकार राईलाई लगाईएको मुद्धा र प्रहरीको अमानवीय व्यवहारप्रति घोर आपत्ती प्रकट गर्दै प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज गरी निष्कर्षमा पुर्याउन माग गरेको छ । फोटो पत्रकार महासंघ उदयपुर शाखाले विज्ञप्ती जारी गर्दै पत्रकार राईको रिहाईको माग गरेको छ । भने नेपाल आदिवाशी जनजाती पत्रकार महासंघ उदयपुर शाखाले समेत विज्ञप्ती जारी गरी प्रेस स्वतन्त्रता हनन नगर्न चेतावनी दिएको छ ।