
पूर्णपुष्टि, साउन २२ गते ।
उदयपुरको बेलका नगरपालिकाका बाढी प्रभावितलाई सेभ द चिल्ड्रेन र बाल विकास समाज उदयपुरले राहत सामाग्री वितरण गरेको छ । बेलका नगरपालिकाकाे समन्वयमा वडा नं. ३ का ५० घर बाढी प्रभावितलाई करिब २ लाख ७ हजार ८ सय ६८ मूल्य बराबरको राहत सामाग्रीहरू वितरण गरिएको हो । सामग्रि वितरण गत २० गते भएकाे हाे ।
सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक दिपक बुढाथोकीका अनुसार बेबीकिट ३ देखि ५ वर्षसम्मका बालबालिकाको लुगा, ब्लाङ्केट आदि भएको झोला सहयोग गरिएको छ । यस्तै, हाईजिन किट (स्वच्छता सम्बन्धी सामाग्री जस्तै बाल्टिन, मग, भित्रिलुगा, पानीछान्ने कपडा, तौलिया, ब्रस, मञ्जन आदि भएको झोला) झुल, पिफोर्म, डिग्निटी किट (सावन, व्रस, स्यानेटरी प्याड लगायत महिलालाइ आवश्यकीय सामग्री आदि) लगायत सहयोग सामग्रि वितरण गरिएको छ ।
नगरपालिकाकाले अस्थायी वसोवास स्थलमा रहेका प्रभावित परिवारहरुलाई खाद्यान्न उपलव्ध गराएको छ । बाढी प्रभावित लाई अन्य सामाजिक संघ-सस्थाले समेत राहत सामाग्री प्रदान गरेका छन् ।


