Tuesday, June 2News That Matters

उदयपुरका ५० विद्यालय राष्ट्रपति शैक्षिका सुधार कार्यक्रममा छनौट

पूर्णपुष्टि, फागुन ९ ।
उदपुरका ५० सरकारी विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनौट भएको छ । चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका ४ हजार १ सय ५७ सरकारी विद्यालय छनौट भएकामा उदपुरका ५० विद्यालय पर्न सफल भएको हो ।
छानिएकामध्ये चारकोठे भवन १४ , दुई कोठे भवन १३, आइसिटी ल्याब व्यवस्थापन २२ र नयाँ प्राविधिक विद्यालय स्थापना १ वटा परेको छ ।
सरकारले चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुईकोठे भवन निर्माणका लागि रु १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि रु ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान गरेको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका अन्तर्गत ७ वटा मध्ये २ वटामा चार कोठे भवन निर्माण, १ वटामा दुई कोठे भवन निर्माण र आइसिटी ल्याब व्यवस्थापन ३ वटा विद्यालय छनौट भएका छन् ।
त्यसैगरी, कटारी नगरपालिकाका अन्तर्गत ८ वटा मध्ये १ वटामा चार कोठे भवन निर्माण, २ वटामा दुई कोठे भवन निर्माण र ४ वटामा आइसिटी ल्याब व्यवस्थापनका लागि विद्यालय छनौट भएका हुन् ।
यता, चौदण्डीगढी नगरपालिकाका १० मध्ये ४ वटामा चार कोठे भवन निर्माण, ३ वटामा दुई कोठे भवन निर्माण र ३ वटामा आइसिटी ल्याव व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ ।
ताप्ली गाउँपालिकामा ६ मध्ये १ वटामा चार कोठे भवन निर्माण, २ वटामा दुई कोठे भवन निर्माण र १ वटामा पशु विज्ञानको लागि लागि छनौटमा परेको छ ।
त्रियुगा नगरपालिकामा ९ वटा मध्ये २ वटामा चार कोठे भवन निर्माण, २ वटामा दुई कोठे भवन निर्माण र ५ वटामा आइसिटी ल्याव व्यवस्थापनका लागि छनौटमा परेका छन् ।
बेलका नगरपालिकामा ५ वटा मध्ये ३ वटा विद्यालयमा आइसिटी ल्याब व्यवस्थापन, १/१ वटा विद्यालयमा चार कोटे र दुई कोठे भवन निर्माणका लागि छनौट गरिएको छ ।

यस्तै, रौतामाई गाउँपालिकामा २/२ वटामा चार कोठे र दुई कोठे भवन निर्माणका लागि छनौटमा परेको छ । लिम्चुङबुङ गाउँपालिकाका २ वटा विद्यालय आइसिटी ल्याब व्यवस्थापनका लागि छनौट भएको छ ।