Sunday, April 19News That Matters

उदयपुरकाे माैवासी मेलामा रातभर जुवा सञ्चालन

पूर्णपुष्टि उदययुर, मंसिर ३ ।
उदयपुरकाे उदयपुरगढी गाउँपालिका-५ माैवासीमा गएराती रातभर जुवा सञ्चालन गरि लाखाै रुपैया हार्ने र मार्ने काम भएकाे छ । धार्मिक मेलाकाे नाममा आयाेजकले जुवा मेला सञ्चालन गरेकाे हाे ।
मेलास्थल नजिकै करिव दुईसय मिटर दुरीकाे खेतमा टेन्ट नै बनाएर जुवामेला जमाएकाे स्थानीयले बताएका छन् । उदयपुरमात्र नभई सप्तरी, सिरहाकासमेत जुवा खेलाडिहरुकाे उपस्थितिमा जुवा सञ्चालन भएकाे र रातभर जसाे पैसा हार्ने र मार्ने चलेकाे सुचनास्राेतले जनाएकाे छ ।
मङ्सिरकाे बालाचतुर्दशीमा बर्षदिनमा एकपटक सतविउ-पलविउ  छर्न मेला लाग्ने गर्दछ । शिवमन्दिर रहेकाे उक्त ठाउँमा शिवकाे आरधना गर्दा मनाेकामना पूरा हुने जनविश्वास छ ।तर दुईदिनसम्म सञ्चालन हुने धार्मिक मेलालाई जाँडरक्सी र जुवामेला बनाईएकाे हाे ।
मेला ब्यवस्थापन समितिका अध्यक्ष हरिकेशर राईले राती मेलामा आफू नबसेकाे र जुवा सञ्चालन नभएकाे बताए ।
स्थानीयबासीले भने जुवाडेबाट दुस्मनि साधिने भन्दै खुलेर विराेध गर्न नसकेकाे बताएका छन् तर, भित्रभित्रै जुवा सञ्चालन गरेर विकृति भईरहेकाे उनिहरुकाे भनाई छ । गत कार्तिकमा भएकाे ककनीमेलामा पनि जुवा मेला सञ्चालन भएकाे थियाे ।
एक बुद्धिजिविले नाम उल्लेख नगर्ने सर्तमा जुवाडेकाे ठुलै गिराेह परिचालन भई जुवा सञ्चालन भईरहेकाे बताए । यसमा प्रहरी प्रशासनसमेतकाे सेटिङ हुनसक्ने आशंका उनकाे छ ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशीले विहानै मेला स्थल पुग्दा जुवाकाे नामनिसान केहि  नभेटिएकाे यदि काहीँ कतै फाेटाे, भिडियाे भए उपलब्ध गराएमा, कारवाही चलाउने बताउनुभयाे ।
जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले यस बारेमा बुझेर जानकारी दिने बताउनुभयाे ।
वडाध्यक्ष कुमार अधिकारीले मेलामा परम्परादेखि नै जुवा खेल्ने चलन रहेकाेले सहजिकरण गरिदिन अनुराेध आएकाे तर आफुले ठाडै अस्विकार गरेकाे र हलेसि दर्शनमा आएकाे बताउनुभयाे ।

भिडियाे :