
पूर्णपुष्टि, जेठ ३ ।
उदयपुरमा मुख्य निर्वाचन अधिकृतमा उदयपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश उत्तम सीलुवाल नियुक्त भएका छन् ।
स्वास्थ्यकाे कारण देखाउदै यसअघिकाे मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजिनामा दिनु भएपछि आज न्यायाधीश सिलुवाल नियुक्त भएका हुन् ।
आज न्यायाधीश खनालकाे राजिनामा स्वीकृत भएसंगै निर्वाचन आयाेगले नयाँ मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश सिलुवाल सम्पूर्ण जिम्मेवारी तथा भुमिकाकाे लागि नियुक्त भएका हुन् ।
