
पूर्णपुष्टि, असार ३०
उदयपुरकी एक महिलालाई व्लड क्यान्सरले पिडित बनाएको छ । त्रियुगा नगरपालिका २ जोगिदह माईती रही हाल त्रियुगा ७ चुहाडेमा बिहे गरी बसेकी २६ बर्षिया रोनिसा कार्कीलाई ब्लड क्यान्सर भएको हो ।
आर्थिक अवस्था कम्जोर भएकै कारण कार्कीको उपचारमा समस्या आएको छ । करिब १ बर्ष देखी उपचारमा रहेकी कार्कीलाई नेपालको हस्पिटलमा सम्भव नहुने परिवारले जनाएको छ । उनको सिभल हस्पिटलमा उपचार भैरहेको अवस्थामा यहाँ उपचार सम्भव नभए सँगै भारतको राजिव गान्धी हस्पिटलमा उपचार गर्नु पर्ने डाक्टरहरुले सल्लाह दिएको परिवार स्रोतको भनाई छ । कार्कीको श्रीमान रोहित खड्काका अनुसार उपचारकै क्रममा श्रीमतीलाई प्यारालाईसिस समेत भएको जनाएको छ ।
श्रीमतीको उपचार १० दिन अघि देखी भारतको राजीव गान्धी हस्पिटलमा सुरु भएको खड्काले जनाए । श्रीमती उपचारको क्रममा सुरुको उपचार देखी हाल सम्म ३० लाख बढी खर्च भैसकेको खड्काले जनाए । उनले अब भने परिवारको आर्थिक स्रोतले धान्न नसस्के अवस्था रहेपछि सबैमा आर्थिक सहयोगको अपिल गरेको जनाए । श्रीमती उपचारमा ठुलो रकम खर्च भैसकेको भएपनि सुधार नभएपछि अन्यत्र बाट पनि आर्थिक जुटाउनु पर्ने अवस्था सिर्जना भएको श्रीमान खड्काले जनाए । उनले औषधी उपचारका लागि सबैले सहयोग गरी श्रीमती बचाईदिन सबैले साथ दिन अनुरोध गरेको छ । खड्काको एउटा छोरी समेत छिन् । उनिको भविष्यका लागि भएपनि श्रीमतीले बाँचेर फर्किनु पर्ने हुन्छ । उनले भने, आर्थिक सहयोगका लागि एभरेष्ट बैँकमा रहेको खाता नं ः १०६००५०१२००३६८ मा जम्मा गर्न सकिनेछ ।
