
पूर्णपुष्टि, जेठ २ । उदयपुरकाे चाैदण्डिगढी नगरपालिका स्थित काेराेना अस्पतालमा उपचाररत एक जना संक्रमितकाे मृत्यु भएकाे छ । त्रियुगा नपा – १० का ६३ वर्षिय खगेन्द्र मगरकाे बेल्टार मृत्यु भएकाे हाे । याे उदयपुरभित्रकै अस्पतालमा संक्रमितकाे मृत्यु भएकाे याे पहिलाे घटना हाे । यसअघि उपचारकाे क्रममा जिल्लाबाहिर अस्पताल गएकाहरुकाे मात्र काेराेनाले मृत्यु भएकाे थियाे । त्यसरी मृत्युहुनेकाे संख्या हिजाेसम्म ७ रहेकाे थियाे । याे घटनाले उदयपुर प्रशासन र जिल्लाबासीलाई झस्काएकाे छ । जिल्लामा काेराेनाकाे गम्भिर स्थिति देखिएकाे छ ।
आज विहान एक्कासी स्वास्थ्यमा समस्या आई बेल्टार अस्पतालमा मगरकाे मृत्यु भएकाे जनाईएकाे छ । मगर ४ दिनअघि साे अस्पतालमा उपचाररत थिए । उनलाई अक्सिजन कमि हुने गरेकाे र अक्सिजन दिएपछि राम्राे हुने गरेकाे थियाे । तर आज विहान ५ बजेतिर एक्कासी समस्या आएर मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
मगरसहित आज उदयपुरमा मृत्यु हुनेकाे संख्य एकैदिनमा चारजना रहेकाे छ । सागर डिजिटल फाेटाे स्टुडियाे गाईघाटका सञ्चालक ४७ वर्षिय विष्णुदेव चाैधरी, चाैदण्डिगढी नगरपालिकाका ५ का ५६ वर्षिय हरिराज काेईराला र त्रिनपा १२ डिएम गेटकाे ५१ वर्षिय माेहमद ईवराइनकाे मृत्यु भएकाे एक स्वास्थ्य अधिकारीले जनाएका छन् । यि संगै उदयपुरका ११ जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ । पहिलाेभरणकाे काेराेना संक्रमणमा पनि ६ जनकाे मृत्यु भएकाे थियाे ।
