Wednesday, June 10News That Matters

उदयपुरको कटारीमा गाँजा सहित युवक पक्राउ

पूर्णपुष्टि, फागुन २१ । उदयपुरको कटारीमा लागुऔषध गाँजा सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–४ सिराहाका २२ बर्षीय ललित सिंह रहेका छन् ।

उदयपुरको कटारी नगरपालिका–१ कालिखोला एरियामा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी बेलस्रोत उदयपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले सिंहलाई पक्राउ गरेको हो ।

शनिवार दिउँसो प्रदेश २–०१–००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट २२ केजी लागुऔषध गाँजा बरामद गरेको हो । लागुऔषध गाँजा बरामद भएसँगै सिंहलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।