Friday, May 1News That Matters

उदयपुरको कटारीमा लोपोन्मुख घाईते सालकको उद्धार

पूर्णपुष्टि, जेठ २३ । उदयपुरको कटारी नगरपालिकामा लोपन्मुख प्रजातिको सालक फेला परेको छ । मंगलबार नरपालिकाको वडा नंं ११ सल्लेरीमा घाईते अवस्थामा सालक फेला परेको हो ।

स्थानिय सुमन सुनुवारका अनुसार कुकुरले टोकेर घाईते बनाएको अवस्थामा सालक फेला परेको थियो । घाईते सालकलाई नित्रन्त्रणमा लिएर सामान्य घरेलु उपचार पश्चात डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) लाई जिम्मा दिएको सुनुवारले बताए ।

डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) का प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले स्थानीयको जानकारी पश्चात सालकको उद्धार र उपचार गरेर संरक्षित क्षेत्रमा छोडिएको बताएका छन् । प्रमुख साहका अनुसार घाईते अवस्थामा फेला परेको सालक भारतीय प्रजातिको हो । नेपालमा भारतिय र चाईनिज गरी दुई प्रजातिको लोपोन्मुख सालक पाईने उनले बताए ।

कार्यालयले उद्धारपश्चात कटारीकै वडा नम्बर ५ मा रहेको सिसाघारी सिमसारसँगै रहेको संरक्षित क्षेत्रमा सालकलाई राखिएको सिसाघारी सामुदायिक वन उपभोक्ता समूहका सचिव दिलबहादुर अधिकारीले बताए । लोपोन्मुख प्रजाति मानिने सालकको अवैध सिकारसमेत हुने गरेको छ । सिकारी र तस्करहरुले समेत मार्ने गरेकाले सालक पाउन छाडेको स्थानियहरु बताउँछन् ।