
पूर्णपुष्टि, जेठ २९ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सुन्दरपुरमा बस दुर्घटना हुँदा दुई महिला घाईते भएका छन् । जिगीदह–बिराटनगर चल्ने दुधकोशी यातायात बस दुर्घटना दुदा सवार ३०/४० वर्षीया र १५/१८ वर्षीया दुई महिला घाईते भएका हुन् । बस अनियन्त्रीत भई विस्तारै पल्टीएको बस चालकको भनाई छ ।
घाईते भएका दुवै महिलालाई उपचारको लागि अस्पताल लगिएको छ । थप अरु पनि घाईते भएको हुन सक्ने भएकोले तत्काल उक्त स्थानबाट बस हटाउन जेसिबी परिचालन गरिएको छ । घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ ।

