Wednesday, August 5News That Matters

उदयपुरको छाम्लीङ्मा ट्याक्टर दुर्घटना : १ को मृत्यु, चालक सहित दुई घम्भीर

पूर्णपुष्टि, मंसिर २३

उदयपुरमा बिहान अन्दाजी ११ः४० मा भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रौतामाई गाउँपालिका ६ नारायण घिमिरेका छोरा अन्दाजी १८ बर्षिय सिवराज घिमिरे रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना भने घम्भीर घाईते भएका छन् ।

स १ त ४९४६ नं को ४ जना सवार रहेका उक्त ट्याक्टरमा १ जना भने बोल्न सक्ने अवस्थाको सामान्य घाईते रहेको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । घम्भीर घाईते हुनेहरुमा सोही ट्याक्टरका चालक रौतामाई गाउँपालिका ४ का २३ बर्षिय सरोज आचार्य र त्रिनपा ३ मिलन चोकका ३५ बर्षिय पूरुषोत्तम कार्की रहेका छन् ।

कार्यालयका अनुसार आचार्यको टाउकोमा घम्भीर चोट लागेको छ भने कार्कीको हात र शरिरको बिभिन्न ठाउँमा चोट लागेर बोल्न नसक्ने अवस्था रहेको जनाईएको छ । त्रियुगा नगरपालिका ११ का १७ बर्षिय रोमन मगर भने सामान्य रहेको ट्राफिक कार्यालय उदपुरले जनाएको छ । ट्याक्टर गाईघाट बाट रसुवा तर्फ जाँदै गर्दा आफै अन्यन्त्रित भई दुर्घटना भएको जनाएको छ । गम्भिर घाईतेहरुलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था रहेको छ ।