Wednesday, June 17News That Matters

उदयपुरको ताप्लीबाट ३८ किलो गाँजासहित दुई जना पक्राउ

पूर्णपुष्टि,फागुन १७ । जिल्लाको ताप्ली गाउँपालिका–१, देबरेबाट प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ का स्थानीय ७४ बर्षीय ईन्द्र बहादुर शाही र ५८ बर्षीय सेर बहादुर सेना रहेको रहेका छ ।

गत शनिवार गाँजाको कारोवार भई रहेको छ भन्ने गाप्य सूचना पाएपछि ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरी संयुक्त टोलीले उनीहरुको घरबाटै गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने शाहीको घरबाट १४ के.जि. र सेनाको घरमा लुकाई छुपाई रोखेको २४ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमात थप आवश्यक अनुसन्धान भईरहेको बताएको छ ।

पक्राउ परेकाहरुलाई ९ दिन म्यदा थप गरी अनुसन्धानको लागि जिल्ला अदालत उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।