
पूर्णपुष्टि,जेष्ठ २७ । जिल्लाको ताप्ली गाउँपालिका–५, निबुवाटार स्थित सुनकोशी नदीमा एक जना पुरुषको शव फेला परेको छ । गत जेष्ठ १९ गते सिन्धुलीको मध्यपहाडी लोकमार्गको सडकखण्डमा सिटिईभिटीका जीप दुर्घटनामा बेपत्ता भएको योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेलको रहेको हुन सक्ने ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताएको छ ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७. लौकुनमा भएको दुर्घटनाका वेपत्ता ३ जना मध्ये २ जनाको शव र दुर्घटनामा परेको बा १ झ७४६७ नम्बरको जीप घटनाको पाँचदिन पछी सिन्धुलीमै फेला परेको थियो ।
फेला परेको शवलाई घटनास्थलबाट कटारी अस्पत्ताल तर्फ ल्याउँदै गरेको र सनाखद भने भईनसकेको उपरीक्षक कार्कीलै बताए । उनका अुनसार अस्पत्ताल ल्याईपुराईएपछी पुष्टी र सनाखदको प्रकृया अगाडी बढाउने बताए ।
