Thursday, May 7News That Matters

उदयपुरको ताप्लीमा आगलागी हुदाँ ६ लाख बराबरको क्षती

पूर्णपुष्टि, बैशाख १४
उदयपुरमा मंगलबार राती ७ बजे पानीको वर्ष सँगै आएको चट्टयाङले आगलागी भई घर जल्दा ६ लाख बराबरको क्षती भएको छ ।

जिल्लाको ताप्ली गाउँपालिका १ पिपलभञ्ज्याङका टङ्क बहादुर हमालको फुसको छानो,ढुङगा माटो र काठले बनेको टाँडे घरमा चट्याङको झिल्का आई सो झिल्काबाट आगो लागी हुदाँ सो रकम बराबरको क्षती भएको हो । हमालको घर भित्र रहेको सामानहरु अन्नपात,लत्ताकपडा,चाँदि,नगद र घर समेत पूर्ण रुपमा नष्ट भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक सन्तोष आर्चायले बताउनुभयो ।