
पूर्णपुष्टि, माघ २१
उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नहरमा ३ बर्षीय वालकको डुवी मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका–७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन ।
बिहिवार दिउसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुवी अचेत अवस्थामा रहेको अधिकारीलाई निजको आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएका थिए ।
उपचारको क्रममा बालकको मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।
