
पूर्णपुष्टि, जेठ ४
उदयपुरमा नेपाली काग्रेसले एक पालिकाको प्रमुख जितेको छ । नेपाली काग्रेसको तर्फबाट बेलका नगरपलिकाको प्रमुखमा अशोक कार्कीले जित निकालेका हुन । कार्कीले निवर्तमान मेयर दुर्गा बहादुर थापालाई हराएका हुन । अहिलेसम्म जिल्लामा नेपाली काग्रेसले एक पालिका प्रमुखमा मात्र जितेको छ ।
यस्तै काग्रेसले जिल्लामा चार पालिकाको उपाध्यक्ष जितेको छ । काग्रेसबाट रौतामाईमा भुपेन्द्र थापा, ताप्लीमा धनमाया राई, लिम्चुङ्गबुङमा पुष्पलाल राई र उदयपुरगढी गाउँपालिकामा जित बं. खड्काले उपाध्यक्ष जितिसकेका छन ।
