Wednesday, June 10News That Matters

उदयपुरको बेलकामा लिफ्टिङ खानेपानी आयोजना उद्घाटन

पूर्णपुष्टि,चैत्र १८ । उदयपुपरको बेलका नगरपालिका ८, खसटोलमा अवस्थित साप्ला खोला ग्रामिण सौर्य खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय अन्र्तगत वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र (AEPS) र जर्मन सहयोग नियोग अन्तरगत KFW को ७० प्रतिशत र बेलका नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा लिफ्टिङ खानेपानी आयोजनाको निमार्ण सम्पन्न भएको हो ।

शुक्रबार नगरप्रमुख अशोक कार्की, जर्मनीको काठमाण्डौ स्थित राजदुतावासका Deputy head of mission Dr. Stephen Russek र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कायम मुकायम कार्यकारी निर्देशक नवराज ढकालले संयुक्त रुपमा आयोजनाको उद्घाटन गर्नुभएको थियो । उक्त खानेपानी आयोजनामा कुल १ करोड ६१ लाखको लागतमा साप्ला खोलाको पानी सोलार प्रबिधिबाट लिफ्टिङ गरि बस्तिस्तरमा पुर्‍याईएको हो ।

Exif_JPEG_420

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले खानेपानीको चरम समस्या भोगिरहेका नागरिकहरुलाई लिफ्टिङ प्रबिधिबाट सेवा पुर्‍याउन पाउँदा आफुलाई गर्ब लागेको बताउनुभयो । उहाँले आयोजना सम्पन्न गर्न सहयोग गर्नुहुने वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र, जर्मन सरकार र स्थानीयहरुलाई धन्यवाद् व्यक्त गर्नुभयो ।

लामो समयदेखी खानेपानीको समस्या भोगिरहेका त्यक्षेत्रका एक सय घरिपरिवार उक्त आयोजनाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । उद्घाटन सत्रमा पूर्व मेयर दुर्गाकुमार थापा (स्वस्ती), वडा नं. ८ का वडाध्यक्ष जयकुमार राई, जनप्रतिनिधिहरु, बिभिन्न राजनैतिक दलका नेता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।