Monday, June 22News That Matters

उदयपुरको बेल्टारमै पहिलो पटक यी तीन ओटा ब्राण्डको आधिकारीक जुत्ता चप्पल सोरुम खुल्ने

पूर्णपुष्टि, बैशाख ८

उदयपुरको बेल्टार बजारमा नेपालको सार्वधिक ब्राण्डको रुपमा परिचित तीन ओटा ब्राण्डको सोरुम खुल्ने भएको छ । जुत्ता चप्पलको दुनियामा अफ्नै पहिचान र चिनारीको सफलता रच्न सफल शिखर ब्राण्ड, क्यालिवर ब्राण्ड र गोल्डस्टार ब्राण्डको सोरुम खुल्ने फर्मका संञ्चालक समितिले जनाएको छ ।

यो शोरुम उदयपुर जिल्लामै पहिलो र ठुलो सोरुमको रुपमा स्थापित हुने संञ्चालक समितिको ठम्याई छ । बेल्टार जुत्ता घरको नाम दिएको उक्त शोरुमलाई युगान्तर सप्लायर्स, दर्पन सप्लायर्स र दिर्घायु ट्रेडर्सले संयुक्तरुपमा संचालन गर्ने संञ्चालकहरुले जनाएका छन ।

शोरुमको उद्घाटन यही बैशाख ११ गते शनिवार हुने भएको संञ्चालक समितिका एक सदस्य रोमन सुवेदीले बताउनुभयो ।

जिल्लाकै तेस्रो ठूलो बजार बेल्टारमा अहिले सम्म यी ब्रान्डका आधिकारिक बिक्रेता छैन् ।

चौदण्डीगढी नगरपालिका वडा नं. ७ निवासी समाजसेवी केशव अधिकारी सहित, चौनपा ६ निवासी भोजराज आचार्य र चौनपा ७ कै रोमन सुबेदीको संयुक्त लगानीमा उक्त स्वरुम सुरु गरिएको हो । चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टार बजारको मुटु पुस्पलाल चोकमा उक्त ब्रान्डका जुत्ता चप्पलको स्वरुम एउटै छाता मुनि सुरु हुन लागेको हो ।

मोफसलका बजारहरुमा समेत यसरी ब्रान्ड आइटमका समानहरु बेचबिखन गर्नु अत्यन्तै सुखद रहेको संञ्चालक मध्यका एक सदस्य केशव अधिकारीले बताउनुभयो । उहाँले राज्यले समेत यसबाट लाभ लिने र ग्राहकले समेत असली समान पाउने भन्दै आफुहरुले चुनौतीको सामना गरेरै भए पनि यस किसिमको ब्यबसाय मोफसलको बजारमा सुरु गरेको बताउनुभयो । यसै गरी अर्का संञ्चालक भोजराज आचार्यले स्थानीय अन्य ब्यापारी व्यावसायिहरुलाई समेत यसरीनै विभिन्न ब्रान्डका समानको आधिकारिक स्वरुम बेल्टारमा सुरु गरेर जिल्लाकै नमुन बजारका रुपमा बेल्टर बजारलाई बिकास गर्दै लैजानेमा यस शोरुमले पनि भुमिका खेल्ने बताउनुभयो ।