
पूर्णपुष्टि, जेष्ठ २७
उदयपुरमा एक जनाको करेन्ट लागेर बिहिबार ज्यान गएको छ । त्रियुगा नगरपालिका ९ राजाबासका ५४ बर्षिय जगदिश पोखरेललको करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मकै नष्ट गर्न आउने बँदेललाई थापेको पासो निकाल्ने क्रममा करेन्ट लागि घाईते भएका पोखरेललको जिल्ला हस्पिटल उदयपुरमा उपचारको क्रममै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
