Friday, June 26News That Matters

उदयपुरको रानीपोखरीमा डुबी ५६ वर्षीया महिलाको मृत्यु

उदयपुर, फाल्गुन ११ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–६ स्थित रहेको रानीपोखरीमा डुबेर एक महिलाको ज्यान गएको छ । सोही स्थान बस्ने ५६ वर्षीया नाक्सीमाया परियारको मंगलबार नुहाउने क्रममा पोखरीमा डुबी ज्यान गएको हो ।
हिजो दिउसो पौने १२ बजे जलजले स्थितमा रहेको रानीपोखरीमा नुहाउने क्रममा डुबी परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिनुभयो ।