Friday, June 19News That Matters

उदयपुरको रौतामाईमा अन्तरास्ट्रिय युवा दिवस मनाईने

पूर्णपुष्टि, साउन १९
उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाले अन्तराष्ट्रिय युवा दिवस मनाउने भएको छ । दिवसको अबसरमा पालिकाले युवाको भुमिका विषयक बहस तथा बक्तित्व कला प्रतियोगिता संचालन गरिने छ । १६ देखि ४० बर्षका युवाहरूलाई साउन २६ गते समृद्ध रौतामाई गाउँपालिका निर्माणमा युवाको भुमिका बिषयक जनप्रतिनिधिहरु सँग बहस कार्यक्रम गरिने छ । २७ गते १६ देखि २४ बर्षको युवाहरूलाई समृद्ध रौतामाई गाउँपालिका निर्माणमा युवाको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगिता संचालन गरिने भएको छ ।हरेक बर्ष १२ अगस्टको दिन अन्तराष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । यो बर्षको नारा युवामैत्री विश्व निमार्णमा अन्तरपुस्ता ऐक्यबद्धताू रहेको छ । पालिकाले वल्ड भिजन इन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरको साझेदारीमा यो कार्यक्रम गर्न लागिएको रौतामाई गाउँपालिका उदयपुरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गोबिन्द कार्किले बताउनुभयो ।

कार्यक्रममा सहभागी युवाहरूलाई यातायात खर्च र बकृत्वकलाको हकमा पुरस्कारको पनि ब्यबस्था गरिएको कार्किले बताउनुभयो । युवा तथा किशोरकिशोरीमैत्री स्थानीय शासन अभियानलाई कार्यन्वयन गर्न देशका सात वटै प्रदेशका एक÷एक स्थानीय तहको छनौटमा प्रदेश न १ को स्थानीय तहको रुपमा छनौट भएको स्थानीय तह पनि हो । उक्त कार्यक्रम कार्यन्वयनको लागि राष्ट्रिय युवा परिषदले सरोकारवालाहरुलाई ३ दिनको क्षमता अभिबृद्दी तालिम संचालन गरि ७ सदस्यीय सहयोगी समूह गठन गरि युवाहरूलाई सशक्तिकरण गर्दै युवामैत्री स्थानीय तह बनाउन सबै सरोकारवालाहरुको लागि परेको सहयोगी समुहका संयोजक बिरेन्द्र खड्काले बताउनु भयो ।

 

 

 

 

 

 

 

 

 

मृतावस्थामा फेला
काठमाण्डौँ, साउन १९
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा परेका छन् । दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ आज बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक रोमणराज अर्यालले बताउनुभयो । “घटनाको अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ ।”

दिनभर घरधनीको कोदो रोप्ने काममा सघाएका हिङ्माङ बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत फेला परेको स्थानीय राजन केसीले बताउनुभयो । हिङ्माङको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ ।

किसनको शव शङ्कास्पद अवस्थामा फेला परेकाले छानविन नगरी परीक्षण गर्न नहुने उनका आफन्त रामकुमार हिङ्माङले माग गर्नुभयो । “बुधबार बेलुका झगडा भएको भन्ने सुन्नमा आएको छ”, उहाँले भन्नुभयो, “किसनको मृत्यु नभई हत्या भएको अनुमान गरिएको छ । यस विषयमा छानविन नगरी शव परीक्षण गर्न हुँदैन ।” हिङ्माङका श्रीमती र एक छोरा छन् । उनीहरु आफ्नै घर बाम्राङमा बस्दै आएको जनाइएको छ । (रासस)