Thursday, June 11News That Matters

उदयपुरको लिम्चुङबुङमा चट्याङले ३ गोरु र दुई गाई मर्यो

पूर्णपुष्टि, साउन २२
उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा चट्याङले लागेर एकै घरका ५ चौपाया मरेको छ । पालिकाको ३ नं वडा वाराहा स्थित मदन वहादुर कार्कीको ३ गोरु र २ गाई चट्याङले मारेको वडाअध्यक्ष गुरुमणी कुमाईले जनाउनुभयो ।कुमाईका अनुसार शनिवार राती ९ बजेको समयमा परेको बर्षा सँगैको चट्याङले ५ चौपाया मरेको हो । उक्त चौपायाबाट कार्कीलाई २ लाख बढी क्षती पुगेको जनाईएको छ ।