
पूर्णपुष्टि, साउन ७
उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा दिउँसो करिब साडे ४ बजेको समयमा भएको सवारी दुर्घटनामा दुई जना घाईते भएको छ । गाईघाट आउँदै गरेको बा ४ ख ६०९३ नं को बस र गाईघाट बाट जाँदै गरेको प्रदेश ५००१२९८३ नं को मोटर साईकल एक आपसमा ठक्कर खाँदा मोटर साईकल चालक छोरा र पछाडी सवार बाबु दुबै घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेद प्रसाद गौतमले जानकारी दिए ।
गौतमका अनुसार घाईते हुनेहरुमा त्रियुगा नगरपालिका १५ रानिबासका २५ बर्षिय गोविन्द खड्का र पछाडी सवार निजकै बुवा ६० बर्षिय भुपध्वज खड्का रहेका छन् ।
उनिहरु दुवैकोको हात र खुट्टामा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको डिएसपी गौतमले बताए । उहिहरुलाई थप उपचारको लागि बिराटनगर रेफर गरिएको छ भने बस चालका फरार अवस्थामा रहेको जनाएको छ । बस र मोटरसाईकललाई भने नियन्त्रणमा लियर अनुसन्धान सुरु गरेको गौतमले बताए ।
