Monday, June 22News That Matters

उदयपुरको सामुदायिक वनहरुमा डढेलो नियन्त्रण नहुँदा आधा दर्जन गाउँहरु उच्च जोखिममा

पूर्णपुष्टि, चैत्र १८

उदयपुरको सामुदायिक वनहरुमा केहि दिनबाट डढेलो फैलिरहेको छ । यसरी बिभिन्न वनमा लागेको आगोले आधा दर्जन भन्दा बढी गाउँहरु उच्च जोखिममा परेको छ । खडेरी र हावाहुरीको समय जताततै लागेको डढेलोले गाउँबस्तिमा निकै ठुलो डर त्रास भएको स्थानीयहरु बताउँछन् ।

उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् ।त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय सामुदायिक वनमा डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत जागेश्वर साहले जानकारी दिनभयो ।

त्रियुगा नगरपालिका क्षेत्रको पश्चिम चुरे क्षेत्र र दक्षिण चुरे क्षेत्रका दर्जनौ सामुदायिक वनमा डढेलो बढ्दै गएपछि सो आसपासका गाउँ उच्च जोखिममा छन् । गाउँवस्तीमा डढेलोको जोखिम बढेको भन्दै डढेलो नियन्त्रणमा वनका कर्मचारी, स्थानीयवासी र प्रहरी खटिएका छन् ।

जिल्लामा ३०० भन्दा बढी सामुदायिक वन छन् । चुरे क्षेत्रका सामुदायिक वन प्रायः गाउँसँग जोडिएका छन् ।