Saturday, April 25News That Matters

उदयपुरगढी बाट गाईघाटतर्फ आउँदै गरेको बुलेरो नागबेलीमा दुर्घटना, १ जनाको मृत्यु अन्य १३ जना घाईते

पूणर्पुष्टि,वैशाख १५

उदयपुरमा आज दिउँसो भएको बोलेरो दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्गस्थित उदयपुरगढी गाउँपालिकाको चियाबारी नजिकै नागबेलीमा आज दिउँसो १.३० बजेतिर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् ।

उदयपुरगढीबाट गाईघाट आइरहेको स १ च ९३९ नम्बरको बोलेरो पिकअप भ्यान दुर्घटना भएको हो । दुर्घटनामा परी उदयपुरगढी -१ ब्वाँसेका करिव ३५ वर्षका शिव खत्रीको मृत्यु भएको छ ।

कटुवालहरुको गाईघाटमा भव्य हुने देवालीमा सहभागी हुन आएको बोलेरोमा सवार खत्रीको निधन भएको हो, अन्य घाईतेहरुको थप उपचारको लागि ६ जनालाई न्युरो पठाइएको छ भने बाँकी घाईतेहरुको जिल्ला हस्पिटल उदयपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।