Tuesday, June 2News That Matters

उदयपुरगढीमा गठबन्धनले जित नजिक बनाउँदै, ७२७ को अग्रता

पूर्णपुष्टि, जेष्ठ २
मतगणना देखी नै अग्रता जमाउँदै आएका उदयपुरगढी गठबन्धनले आफ्नो जित सुरक्षित गर्दै आईरहेको छ । हाल सम्म त्यस पालिकाको वडा न १,२,३,४,र ५,६ नम्बर सम्मको मतगणना गर्दा गरिसकेको छ । पछिल्लो मत परिणाम अनुसार गठबन्धनको कलम बाट मान वहादुर केप्छाकी मगरले ३५३३ मत ल्याएर अग्र स्थान कायमै राखेको छ । यस्तैगरी मगरका प्रतिद्धन्दी नेकपा एमालेका गोपाल खत्री भने २८०६ मत ल्याएको अवस्था छ ।

यस्तैगरी उपाध्यक्षमा पनि गठबन्धननै अग्रस्थानमा रहेको छ । गठबन्धनका उम्मेदवार जित बहादुर खड्काको ३४०४ मत आउँदा एमालेकी उपाध्यक्ष शोभा कुमारी मगरले २६३४ मात ल्याउन सफल भएको छ । त्यसैगरी कुखुराको भाले अध्यक्ष १८५, कुखुराको भाले उपाध्यक्ष २०६, हलो अध्यक्ष ५३, हलो उपाध्यक्ष ४४, स्वतन्त्र पुतली अध्यक्ष २०५, स्वतन्त्र भुइकटर अध्यक्ष ६, खानेपानी धारा अध्यक्ष ३७, खानेपानी धारा उपाध्यक्ष ७९ रहेको छ । अब ७ र ८ गरी दुई ओटा वडाको मत गन्न बाँकी रहेको छ ।